विदेश

भारतको उत्तराखण्डमा हिमनदी विष्फोटमा मृत्यु हुनेको संख्या ९ पुग्यो

हिमालय टिभी
२०७७ माघ २६ गते ८:३९
भारतको उत्तराखण्डमा हिमनदी विष्फोटमा मृत्यु हुनेको संख्या ९ पुग्यो

२६ माघ २०७७ देहरादुन । भारतमा हिमनदी विष्फोट भएर निर्माणाधिन जलविद्युत केन्द्रको बाँध भत्किंदा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

उत्तराखण्डको चमोलीमा हिमताल फुटेर आएको बाढीले जलविद्युतको बाँध बगाउँदा ९ जनाको मृत्यु हुनुका साथै १ सय २५ भन्दा बढी बेपत्ता भएका हुन् ।

हिमताल फुटेपछि आएको बाढीले ऋषि गंगा तपोवन जलविद्युत केन्द्रको बाँध बगेपछि अहिलेसम्म नौ जनाको शव फेला परेको भारतीय प्रहरीको भनाइ छ । त्यस्तै हराइरहेका मध्ये अधिकांश जलविद्युत्‌ आयोजना निर्माणमा संलग्न मजदूर रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन् । हिमनदी फुटेपछि उत्तराखण्डका सबै जिल्लामा उच्च सतर्कता अपनाउन आदेश दिइएको छ भने प्रभावित गाउँका बासिन्दालाई सुरक्षित स्थलमा सारिएको छ ।

यस्तै गंगा नदीको किनारका बासिन्दाहरुलाई पनि सचेत रहन आग्रह गरिएको छ । बाढी प्रभावित क्षेत्रमा अहिले उद्धारको काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *