विदेश

भारतको उत्तराखण्डमा हिमताल विष्फोट, ठुलो जनधनको क्षतिको आशंका

हिमालय टिभी
२०७७ माघ २५ गते १५:०१
भारतको उत्तराखण्डमा हिमताल विष्फोट, ठुलो जनधनको क्षतिको आशंका

२५ माघ २०७७ नयाँ दिल्ली । भारत उत्तराखण्डमा हिमताल विस्फोट भएको छ । उत्तराखण्डको चमोलीमा हिमाताल फुटेर बाढी आएको हो ।

बाढीले ऋषि गंगा तपोवन हाइड्रो पावर बगाएको छ । हाइड्रो पावरमा कार्यरत १ सय ५० जना मजदुर बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नदीमा आएको बाढीले हाइड्रोपावरमा क्षति पुग्नुका साथै नदी आसपासका घर बगाएको छ ।

क्षतिको थप विवरण भने आउन बाँकी छ । बाढीले नदीका कयौं तटबन्ध समेत भत्काएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलको निरीक्षणमा निस्किएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्भाग्यपूर्ण स्थिति भएको भन्दै सबैको सुरक्षाका लागि प्रार्थना गरेको बताएका छन् । भारतीय गृहमन्त्री अमित शाहले प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको जानकारी दिएका छन् ।

अहिले माथिल्लो क्षेत्रमा बाढी घटेको छ । त्यस्तै त्यो बाढी तल्लो तटीय क्षेत्रमा पुग्दा त्यसको असर कम भएका कारण जोखिम घटेको भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाढी प्रभावित क्षेत्रमा अहिले उद्धारको काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *