विदेश

चीनमा कोरोनाविरुद्धको दोस्रो खोपले पनि पायो अनुमति

हिमालय टिभी
२०७७ माघ २५ गते ७:४६
चीनमा कोरोनाविरुद्धको दोस्रो खोपले पनि पायो अनुमति

२५ माघ २०७७ बेइजिङ । चीनमा कोरोना भाइरसविरुद्धको दोस्रो खोपले अनुमति पाएको छ ।

चिनियाँ औषधि उत्पादन तथा नियमनकारी निकायले कोरोनाविरूद्धको दोस्रो खोपलाई प्रयोगका लागि सशर्त अनुमति दिएको हो । स्वदेशकै सिनोभ्याक कम्पनीद्वारा विकसित कोरोनाभ्याक खोपलाई प्रयोगका लागि सशर्त अनुमोदन गरिएको कम्पनीले जानकारी गराएको छ ।

यो खोप कोरोनाको उच्च जोखिममा रहेका मुख्य समूहहरूमा पहिले नै प्रयोग गरिएको छ । तर स्वीकृतिसँगै सर्वसाधारणमा यसको प्रयोगको बाटो खुलेको छ ।

शर्तमा क्लिनिकल परीक्षण सामान्य मापदण्डहरू पूरा गर्न अझै बाँकी रहेपनि आपत्कालीन अवस्थामा सर्वसाधारणका लागि प्रयोग गर्न खुला गरिएको छ ।

यस खोपको ब्राजिललगायतका देशमा भएका क्लिनिकल परीक्षणले संक्रमण रोक्न करीब ५० प्रतिशत प्रभावकारिता पुष्टि भएको र संक्रमणपछि चिकित्सकीय उपचारमा ८० प्रतिशत प्रभावकारिता देखिएको छ ।

त्यस्तै परीक्षण नतिजाले खोपको सुरक्षा र सबै उमेर समूहका व्यक्तिमा संक्रमण निर्मूल गर्न खोप प्रभावकारी भेटिएको सिनोभ्याकका अधिकारीहरूको दाबी छ । चीनको अर्को एक औषधि कम्पनी सिनोफार्मले यस्तै सर्तमा खोप प्रयोगका लागि डिसेम्बरमा अनुमति पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *