विदेश

भारतमा कोरोना भाइरसले मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ८ सय ६२ पुग्यो

हिमालय टिभी
२०७७ माघ २३ गते ९:१५
भारतमा कोरोना भाइरसले मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ८ सय ६२ पुग्यो

२३ माघ २०७७ नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ८ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप एक सय २० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या एक लाख ५४ हजार ८ सय ६२ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार एक सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै सङ्क्रमितको सङ्ख्या एक करोड ८ लाख ३ हजार ५ सय ३३ पुगेको छ ।

सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ४ लाख ९५ हजार ४ सय १ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *