विदेश

विश्व समुदाय मिलेर म्यानमारमा भएको सैन्य ‘कु’ असफल बनाउनुपर्छः राष्ट्रसंघ

हिमालय टिभी
२०७७ माघ २२ गते ८:२२
विश्व समुदाय मिलेर म्यानमारमा भएको सैन्य ‘कु’ असफल बनाउनुपर्छः राष्ट्रसंघ

२२ माघ २०७७ न्युयोर्क । विश्व समुदाय मिलेर म्यानमारको सैन्य कू असफल बनाउनुपर्ने स‌ंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।

सैन्य कू असफल बनाउन विश्वलाई एक हुन महासचिव गुटेरेसले अपिल गरेका हुन् । चुनावी परिणाम उल्ट्याएर जननिर्वाचित सरकारलाई हटाउने तरीका सही नभएको उनको भनाइ छ ।

त्यस्तै कू गर्ने व्यक्तिले देशमा शासन गर्न सही माध्यम नरोजेको बुझ्नुपर्नेमा उहाँको जोड छ । यसअघि मंगलबार चीनको अवरोधका कारण संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठकमा सैन्य कू को निन्दाबारे संयुक्त वक्तव्य जारी हुन सकेको थिएन ।

चीनले निन्दा गर्ने कुनै पनि शब्दसहितको वक्तव्यमा सहमति नजनाउने निर्णय गरेको थियो । सुरक्षा परिषद्को स्थायी सदस्यका रुपमा चीनसँग भिटो शक्ति रहेकाले संयुक्त वक्तव्यका लागि चीनको समेत सहमति आवश्यक पर्छ ।

सुरक्षा परिषदमा सैन्य कू को निन्दा गर्दै वक्तव्य जारी गर्ने प्रयास पुनः हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ । गएको सोमबार म्यानमानरमा जननिर्वाचित सरकारका राष्ट्रपति, नेतृ आङ साङ सू की सहितलाई हिरासनमा लिएर सेनाले कब्जा गरेको घोषणा गरेको थियो ।

त्यस्तै सेनाले एक वर्षका लागि देशमा संकटकालको घोषणा गरेको छ । विश्व समुदायले सैन्य कू को विरोध गरेका छन् । म्यानमारमा पनि नागरिक तथा पेशाकर्मीहरुले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *