विदेश
कोरोनाविरुद्ध अग्रपङ्तिमा खटिएका मुरको कोरोनाकै कारण मृत्यु
२०७७ माघ २१ गते ९:२८
२१ माघ २०७७ लण्डन । महामारीका बेला अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मीको उपचारका लागि चन्दा सङ्कलन गर्नुभएका क्याप्टेन सर टम मूरको निधन भएको छ ।
१ सय वर्षका मूर कोरोना सङ्क्रमित भएपछि अस्पताल भर्ना हुनु भएको थियो । उपचारको क्रममा उहाँको स्वास्थ्य अवस्था गम्भीर बनेपछि निधन भएको अस्पतालले बताएको छ ।
उहाँले ३ दशलमव ३३ करोड पाउण्ड जुटाएर बिरामीको उपचारका लागि ब्रिटेनको सरकारी अस्पताल एनएचएसलाई सहयोग दिनुभएको थियो ।
सेनाबाट अवकाश पाएका मूरले सयौँ जन्मदिनअघि आफ्नो बगैँचाको १ सय फन्को मारेर ठूलो रकम चन्दा उठाउनुभएको थियो । उहाँलाई एउटा विशेष समारोहमा महारानी एलिजावेथले सम्मानसमेत गर्नु भएको थियो ।
प्रतिक्रिया