विदेश
राष्ट्रपति पुटिनका आलोचक नाभाल्नीलाई साढे तीन वर्ष जेल सजाय
२०७७ माघ २१ गते ७:५०

२१ माघ २०७७ मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको छ ।
मस्को अदालतका एक न्यायाधीशले देशको साम्प्रदायिकता भड्काउने प्रयास गरेको आरोपमा नाभाल्नीलाई जेलमा पठाउने निर्णय सुनाएका हुन् ।
न्यायाधीशले दोषी प्रमाणित गरेर जेलमा पठाउने निर्णय सुनाएपछि नाभाल्नीले राष्ट्रपति पुटिनविरुद्ध आफ्नो आवाज दबाउन प्रायोजित रुपमा गरिएको बताएका छन्।
नोभिचोक नामक स्नायु प्रणालीमा असर गर्ने विष प्रयोग गरिएका नाभाल्नी महिनौं जर्मनीमा उपचार गरेर फर्किएपछि उनलाई गत महिना विमानस्थलबाटै पक्राउ गरेर जेलमा हालिएको थियो।
नाभाल्नीलाई जेलमा राखिएयता रुसभर विभिन्न सहरमा दशौं हजार मानिसहरूले विरोध प्रदर्शन गर्दै आएका छन्।
प्रतिक्रिया