विदेश

म्यानमारको सेनालाई अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

हिमालय टिभी
२०७७ माघ २० गते ७:३३
म्यानमारको सेनालाई अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

२० माघ २०७७ न्युयोर्क । म्यानमारमा भएको सैन्य कू विरुद्ध अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारको सेनालाई चेतावनी दिएका छन् ।

सेनाले देशको शासन सत्ता नियन्त्रणमा लिएको भन्दै राष्ट्रपति बाइडेनले सेनाविरुद्ध कदम चाल्ने धम्की दिएका हुन् । सेनाले तत्काल सत्ता छोड्नुपर्ने नभए अमेरिकाले उचित कदम चाल्ने बताए ।

माथिल्लो सदन सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेतृ सू कीको हिरासतलाई भयवित पार्ने भनि व्याख्या गरेका छन् ।

उता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आज म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक बोलाएको छ । युरोपेली संघ, जापान र भारतले म्यानमारमा प्रजातन्त्र पुनर्स्थापनाका लागि ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन् ।

हिजो म्यानमारमा सेनाले सत्तारुढ दलकी नेतृ सू कीसहित अन्य वरिष्ठ नेतालाई पक्राउ गरेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको थियो । टेलिभिजन सम्बोधनमा सेनाले देशमा एक वर्षका लागि संकटकाल लगाइएको समेत घोषणा गरेको थियो ।

संकटकालसँगै म्यानमारका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू पनि बन्द भएका छन् । म्यानमारमा सैन्य कू को विरोध गर्दै विश्व समुदायले त्यहाँ प्रजातन्त्र पुनःस्थापनाको आह्वान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *