विदेश

म्यानमारकी नेतृ आङ सान सू ची पक्राउ

हिमालय टिभी
२०७७ माघ १९ गते ६:४९
म्यानमारकी नेतृ आङ सान सू ची पक्राउ

१९ माघ २०७७ म्यानमार । म्यानमारकी नेतृ आङ साङ सु की पक्राउ परेकी छिन् ।

सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ सु कीलाई सेनाले हिरासतमा लिएको पार्टी प्रवक्ता म्यो न्यूनले बताएका छन् । सेनाले सत्ता हत्याउने आशंकामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला उनी पक्राउ परेकी छिन् ।

सु कीको पक्राउसँगै म्यानमारमा सत्ता परिवर्तन हुने आंकन हुन थालेको छ । सु कीसहित राष्ट्रपति विन मिन्ट र दलका अन्य केही शीर्ष नेता पनि पक्राउ परेको बताइएको छ । सेनाले विभिन्न राज्यका मुख्यमन्त्रीलाई घरबाटै नियन्त्रणमा लिएको परिवारका सदस्यहरूले बताएका छन् ।

त्यस्तै नवनिर्वाचित तल्लो सदनको आज बस्न लागेको पहिलो बैठक स्थगित गर्न सेनाले सरकारलाई आह्वान गरेको छ । राजधानी नायपिटो लगायत मुख्य शहरहरुमा सेनाको गतिविधी बढेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै राजधानी लगायतका केही शहरमा टेलिफोन र इन्टरनेट सेवा समेत बन्द गरिएको छ । कू हुन खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिवार सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो ।

गत नोभेम्बरमा सम्पन्न चुनावमा एनएलडीले सरकार गठनका लागि संसदमा आवश्यक सिट जितेको थियो । तर सेनाले भने चुनावमा धाँधली भएको बताउँदै आएको छ ।

सन् २ हजार ११ सम्म सैनिक शासन रहेको म्यानमारलाई बर्माको नामले समेत चिनिन्छ । सु कीले धेरै वर्ष घरमै नजरबन्दमा बिताएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *