विदेश
भारतको दिल्लीमा आन्दोलनरत किसानहरुलाई लक्षित गरेर इन्टरनेट सेवा काटियो
२०७७ माघ १८ गते ९:२३

१८ माघ २०७७ नयाँ दिल्ली। भारतको दिल्लीमा आन्दोलनरत किसानहरुलाई लक्षित गरेर इन्टरनेट सेवा काटिएको छ ।
दिल्लीमा किसानहरुले पकड जमाएको मुख्य तीन ठाउँमा सरकारले मोबाइल इन्टरनेट सेवा काटेको हो । आम सुरक्षा मजबुत बनाउन इन्टरनेट सेवा काटिएको र यो आज मध्यरातसम्म जारी रहने जनाइएको छ ।
दिल्लीको सिङ्घु, गाजीपुर र टिक्री जिल्लामा मोबाइल इन्टरनेट अवरुद्ध पारिएको हो । दिल्लीमा हजारौं किसान महिना दिनभन्दा अघिदेखि आन्दोलनरत छन् ।
सरकारले हालै सार्वजनिक गरेको कृषि कानून फिर्ता लिनुपर्ने उनीहरुको माग छ । विदेशी ठूला लगानीकर्तालाई आकर्षित गर्ने गरी सरकारले ल्याएको कानूनले पुस्तौदेखि परम्परागत कृषि पेशामा जीवन धान्दै आएका करोडौं किसान विस्थापित हुने किसानहरुको तर्क छ ।
प्रतिक्रिया