विदेश

विश्वभर कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १० करोड ३० लाख नाघ्यो

हिमालय टिभी
२०७७ माघ १८ गते ९:१६
विश्वभर कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १० करोड ३० लाख नाघ्यो

१८ माघ २०७७ काठमाडौं । विश्वभर कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या १० करोड ३० लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा थप ४ लाख ९० हजार सङ्क्रमित भएका छन् । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० करोड ३१ लाख ८ हजार ५ सय १० पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप १२ हजार ४ सय ६१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २२ लाख २७ हजार ७ सय ३८ पुगेको छ ।

सङ्क्रमित र मृत्यु हुनेको ठूलो सङ्ख्या संयुक्त राज्य अमेरिकामा रहेको छ । अमेरिकामा २४ घन्टामा १लाख ३७ हजार ५ सय १८ जना सङ्क्रमित भएका छन् भने २ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि मेक्सिकोमा १ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ भने बेलायतमा १हजार २ सय, ब्राजीलमा १हजार १ सय ९६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *