विदेश

चीनमा कोरोनाको रोकथाममा १६ प्रकारका खोप

हिमालय टिभी
२०७७ माघ १८ गते ९:००
चीनमा कोरोनाको रोकथाममा १६ प्रकारका खोप

१८ माघ २०७७ बेइजिङ । चीनले कोरोना भाइरस रोकथाका लागि १६ प्रकारको खोप बनाइरहेको छ।

कोरोना संक्रमणविरुद्ध १६ किसिमको खोपको विकास गरिरहेको चिनियाँ सरकारी स्वामित्वको ग्लोबल टाइम्सले जनाएको हो ।

१६ प्रकारका कोरोना खोप क्लिनिकल ट्रायलमा रहेको र ती मध्ये ७ वटा खोप परीक्षणको तेस्रो चरणमा रहेको उल्लेख छ । तेस्रो चरणको सफल परीक्षणपश्चात खोप मानिसमा लगाउन उपयुक्त हुन्छ ।

सन् २ हजार १९ को डिसेम्बर महिनामा चीनको वुहान शहरमा कोरोनाका पहिलो संक्रमति भेटिएका थिए । यसबारे छानबिन गर्न विश्व स्वास्थ्य संगठनको टोलीले वुहानमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *