विदेश
भारत–पाकिस्तानबीचको सैन्य टकराव विश्वकै लागि खतरा भएको राष्ट्रसंघको चेतावनी
२०७७ माघ १७ गते ७:१५
१७ माघ २०७७ काठमाडौं । भारत र पाकिस्तानबीचको सैन्य टकाराव विश्वकै लागि खतरा हुने संयुक्त राष्ट्र संघले बताएको छ ।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले दुई देशबीचको विवाद समयमै समाधान नगरिए त्यसले विश्वमै गम्भीर असर पर्ने चेतावनी दिएका हुन् ।
सीमाबारे विवादका कारण जारी सैन्य टकारावले दुई देशलाई मात्र नभएर सिंगो विश्वलाई नै प्रभाव पार्ने उनको भनाइ छ । महासचिव गुटरेसले काश्मीरबारे भारत(पाकिस्तानबीच जारी तनावबारे पाकिस्तानी पत्रकारको जवाफ दिने क्रममा यस्तो बताएका थिए ।
यसअघि उनले जम्मु–काश्मीरको अवस्था नियन्त्रणका लागि संयमता अपनाउन अपिल गर्दै विज्ञप्ति जारी गरेका थिए।
प्रतिक्रिया