विदेश

राष्ट्रपति बाइडेनद्वारा कोरोनाविरुद्धको अभियानका लागि दश कार्यकारी आदेश जारी

हिमालय टिभी
२०७७ माघ ९ गते ९:३५
राष्ट्रपति बाइडेनद्वारा कोरोनाविरुद्धको अभियानका लागि दश कार्यकारी आदेश जारी

९ माघ २०७७ वाशिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको अभियानका लागि १० वटा कार्यकारी आदेश जारी गरेका छन् ।

राष्ट्रपति बाइडेनले कोरोना संक्रमणको रोकथामको प्रयासलाई प्रभावकारी बनाउन कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । संक्रमण कम गर्ने अभियानका लागि १० बुँदे अभियान घोषणा गर्दै राष्ट्रपति बाइडेनले महामारीमाथि विजय प्राप्त गर्न केही महिना लागेपनि अमेरिका यसबाट बाहिर निस्कने बताए ।

संक्रमण रोकथामका लागि नागरिक एकतावद्ध हुनुपर्नेमा उनको जोड छ। दोस्रो विश्वयुद्धमा भन्दा धेरै अमेरिकीले कोरोनाका कारण ज्यान गुमाएको बताउँदै बाइडेनले अहिलेको अवस्थालाई युद्धावस्थाका रुपमा चित्रित गरे ।

अब खोपको उत्पादन तथा वितरणलाई तीव्रता दिइने छ भने परीक्षणको दायरा पनि बढ्ने भएको छ । यसका अतिरिक्त अत्यावश्यक सामग्री वितरणमा सुरक्षाकर्मीलाई परिचालन गर्ने, विज्ञ सम्मिलित बोर्ड गठन गर्ने, कोरोना संक्रमणको अध्ययनलाई बिस्तार गर्नेसहितका आदेश जारी भएका छन् ।

त्यस्तै अब मास्कसहितका अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आकस्मिक कानून लागू हुनेछ । बाइडेन प्रशासनले पहिलो एक सय दिनमा १० करोड नागरिकलाई खोप लगाउने योजना बनाएको छ ।

कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा दुई करोड ५१ लाख ९६ हजार भन्दा बढि मानिस संक्रमित हुँदा चार लाख बीस हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।

यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले संक्रमण रोक्ने प्रयासका लागि कमजोर काम गरेको भन्दै आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *