विदेश

भारतको गुजरातमा ट्रकले किच्दा १३ जनाको मृत्यु

हिमालय टिभी
२०७७ माघ ६ गते ९:३३
भारतको गुजरातमा ट्रकले किच्दा १३ जनाको मृत्यु

६ माघ २०७७ गुजरात । भारतको गुजरातमा ट्रकले किच्दा १३ जनाको मृत्यु भएको छ ।

गुजरातस्थित सुरत शहरको कोसाम्बामा फुटपाथमा सुतिरहेका १८ जनालाई ट्रकले किच्दा १३ जनाको मृत्यु भएको हो । मृतक सबै मजदूर रहेको र उनीहरु राजस्थान निवासी रहेको प्रहरीको भनाइ छ ।

गएराति भएको दुर्घटनामा १२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तीव्र गतिको ट्रकले अर्को सवारीलाई उछिन्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । त्यस्तै ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *