विदेश

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ

हिमालय टिभी
२०७७ माघ ५ गते ७:३०
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ

५ माघ २०७७ मस्को । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ परेका छन् ।

विष दिएका कारण झण्डै ज्यान गुमाएका नेता नाभाल्नीलाई जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइएको हो । रुसी राष्ट्रपतिका कट्टर आलोचक विपक्षी नेता अलेक्सी नाभाल्नी उपचारपछि स्वदेश फर्किएका थिए ।

उनी जर्मनीको राजधानी बर्लिनबाट नियमित उडानमार्फत् रूसी राजधानी मस्को फिर्ता भएका हुन् । ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएको हो ।

मस्कोको नुकोभो विमानस्थलमा समर्थकको अत्याधिक भिड भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो । गत अगष्टमा रूसकै ओम्स्कबाट मस्कोको आन्तरिक उडानकै क्रममा नाभाल्नी विमानमा नै बिरामी परेका थिए ।

त्यसपछि फ्रान्सेली र स्विडिस प्रयोगशालामा भएको परीक्षणमा उनलाई बेहोस बनाउने सोभियतकालीन रसायन नोभिचोक खुवाइएको जर्मनीले बताएको थियो । पछि उनलाई जर्मनीको अनुरोधमा उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीका चिकित्सकले समेत नाभाल्नीलाई विष दिइएको पुष्टि गरेका थिए ।

उनी गएको सेप्टेम्बरमा डिस्चार्ज भएपनि चिकित्सकको सल्लाह अनुसार त्यहीं आराम गरिरहेका थिए । नभाल्नीले आफूलाई राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा विष दिइएको बताउँदै आएका छन् ।

त्यस्तै खोजपत्रकारले समेत उनको आरोप सही भएको बताएपनि रूसी अधिकारीले त्यसलाई अस्वीकार गर्दै आएका छन् । उनको पक्राउ प्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन् ।

त्यस्तै अमेरिकी नवनिर्वाचित राष्ट्रपति निर्वाचित जो बाइडनको प्रशासनले उनलाई यथाशिघ्र रिहा गर्न माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *