विदेश

विश्वभर कोरोना संक्रमित भएकामध्ये ६ करोड ७७ हजारभन्दा बढी स्वस्थ

हिमालय टिभी
२०७७ माघ ४ गते ९:१७
विश्वभर कोरोना संक्रमित भएकामध्ये ६ करोड ७७ हजारभन्दा बढी स्वस्थ

४ माघ २०७७ काठमाडौं । विश्वभर एकैदिन थप ६ लाख ३६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वर्ल्ड मिटरको तथ्याङ्क अनुसार विश्वभर गत २४ घण्टामा थप ६ लाख ३६ हजार ३ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको सङ्ख्या ९ करोड ४९ लाख ४९ हजार ४ सय १४ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप १२ हजार ८ सय ६९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २० लाख ३० हजार ९ सय १४ पुगेको छ ।

हालसम्म विश्वभर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ६ करोड ७७ लाख ७३ हजार ३४ जना स्वस्थ भएका छन् भने हाल विश्वभर सक्रिय संmमितको सङ्ख्या २ करोड ५१ लाख ४५ हजार ४ सय ६६ रहेको छ ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी १ लाख ९९ हजार १ सय ८७ जना, ब्राजिलमा ६२ हजार ४ सय ५२ जना, बेलायतमा ४१ हजार ३ सय ४६ जना, रुसमा २४ हजार ९२ जना, फ्रान्समा २१ हजार ४ सय ६ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *