उत्तर कोरियाद्वारा पन्डुबीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइल सार्वजनिक
२ माघ २०७७ प्योङयाङ । उत्तर कोरियाले पन्डुबीबाट प्रहार गर्न सकिने व्यालेस्टिक मिसाइल सार्वजनिक गरेको छ ।
यो हतियार विश्वकै सबैभन्दा शक्तिशाली भएको त्यहाँको सरकारी मिडियाले दाबी गरेको छ ।
उत्तर कोरियामा आयोजित सैनिक परेडमा चारवटा यस्ता मिसाइल देखाइएको थियो । अमेरिकामा राष्ट्रपतिका रुपमा जो बाइडेन ह्वाइट हाउस प्रवेश गर्ने तरखर गरिरहेका बेला उत्तर कोरियाले देखाएको यो शक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
केही समयअघि भएको राजनीतिक बैठकमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनले अमेरिकालाई सबैभन्दा ठूलो शत्रु भनेका थिए ।
उत्तर कोरियाली मिडियाले सर्वाजनिक गरेको फोटोमा कम्तिमा चारवटा मिसाइल देखाइएको छ । उत्तर कोरियाली विज्ञ अंकित पाण्डाले नयाँ वर्ष र नयाँ हतियार भनेर ट्वीट गरेका थिए । किम इल सङ स्क्वायरमा आयोजित परेडमा किम छालाको कोट र भुवा भएको ह्याट लगाएर प्रशन्न मुद्रामा देखिएका छन् ।
पण्डुबीबाट मार हान्न सकिने विश्वकै सबैभन्दा शक्तिशाली हतियारले सेनाको शक्तिमा नयाँ क्रान्ति ल्याएको उत्तर कोरियाली समाचार एजेन्सीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया