विदेश

आफ्नो सम्बोधन ‘पूर्णरुपमा उपयुक्त’ भएको राष्ट्रपति ट्रम्पको दाबी

हिमालय टिभी
२०७७ पुष २९ गते ९:०२
आफ्नो सम्बोधन ‘पूर्णरुपमा उपयुक्त’ भएको राष्ट्रपति ट्रम्पको दाबी

२९ पुस २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता भएको घातक क्यापिटल हिंसाअघिको आफ्नो सम्बोधन ‘पूर्ण रूपमा उपयुक्त’ भएको बताएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो उक्त सम्बोधनमा संसद्तर्फ ‘मार्च’ गर्न समर्थकहरूलाई आग्रह गरेका थिए। राष्ट्रपति ट्रम्पले ‘हूलदङ्गाको निम्ति उक्साएको’ आरोपमा डेमोक्र्याटहरूले आफूलाई महाभियोग लगाउन गरिरहेको प्रयासलाई ‘हास्यास्पद’ को संज्ञा दिएका छन् ।

राष्ट्रपति निर्वाचित जो बाइडनले सपथ ग्रहण गर्ने जनवरी २० तारिखदेखि ट्रम्पले कार्यालय छाड्दैछन्। तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा आज ट्रम्प विरुद्ध महाभियोग लगाउने प्रस्तावमा मतदान हुँदै छ । तर ट्रम्पले भने उक्त कदमले अमेरिकामा खतरा र भयङ्कर आक्रोश निम्त्याउँने बताएका छन् ।

ट्रम्प सोमबार मेक्सिकोसँगको सिमानामा निर्मित पर्खालको अवलोकन भ्रमणको निम्ति टेक्सस पुगेका छन् । पाँच जनाको ज्यान गएको र कम्तीमा ६० जना प्रहरीसहित दर्जनौँको सङ्ख्यामा मानिसहरू घाइते भएको क्यापिटल भवनको हिंसापछि उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *