विदेश

ट्रम्पका समर्थक हतियारसहित विरोधमा उत्रन सक्छन्ः एफबीआई

हिमालय टिभी
२०७७ पुष २८ गते १४:५५
ट्रम्पका समर्थक हतियारसहित विरोधमा उत्रन सक्छन्ः एफबीआई

२८ पुस, काठमाडौं । अमेरिकी गुप्तचर संस्था एफबीआईले राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक हतियारसहित विरोधमा उत्रन सक्ने भन्दै सुरक्षा निकायलाई सचेत गराएको छ ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेन ह्वाइट हाउस प्रवेश गर्ने तयारी गरिरहेका बेला ट्रम्प समर्थकले हतियारसहित अमेरिकाभर प्रदर्शन गर्ने योजना बनाइरहेको पनि एफबीआईको चेतावनी छ । आगामी २० तारिखमा बाइडेनले सत्ता सम्हाल्दैछन् । सोहि मौकामा हतियारधारी समूहले अमेरिकाका सबै ५० राज्यका राजधानीमा प्रदर्शन गर्ने योजना बनाएको रिपोर्ट बाहिर आएको छ ।

एफबीआईले सुरक्षास्थिति कडा बनाउन पनि सुझाव दिएको छ । तर, सुरक्षा निकायले भने गत साता भएको जस्तो अप्रिय घटना हुन नदिन सतर्क रहेको बताएका छन् ।

ट्रम्प समर्थक र चरमपन्थीको अनलाइन नेटवर्कमा उल्लेख भए अनुसार १७ जनवरीमा देशभर हतियारसहित प्रदर्शन हुनेछ । जो बाइडेन ह्वाइट हाउस प्रवेश गर्ने दिन सबैलाई वासिङटनमा जम्मा हुन निर्देशन दिइएको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडेन विजयी भएपछि ट्रम्पले हार स्वीकार गर्न मानिरहेका छैनन् । गत साता इलेक्टोरल मतदानका क्रममा संसद भवनमा भएको तोडफोड पनि ट्रम्पकै उक्साहटमा भएको मानिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *