विदेश

राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमा तल्लो सदनमा मतदान हुने

हिमालय टिभी
२०७७ पुष २७ गते ७:५४
राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमा तल्लो सदनमा मतदान हुने

२७ पुस २०७७ वाशिङ्गटन डीसी । अमेरिकाको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्तावमाथि मतदान हुने भएको छ ।

संसद भवनमा भएको आक्रमण र तोडफोडमा राष्ट्रपति ट्रम्पको भूमिकाबारे तल्लो सदनमा डेमोक्रेटिक पार्टीले महाभियोग प्रस्ताव पेश गर्ने तयारी थालेका छन् ।

यसबारे संसदमा मतदान हुने एक वरिष्ठ डेमोक्रेट सांसदले जनाए । संसद भवनका आक्रमणकारीलाई राष्ट्रपति ट्रम्पले देशभक्त भन्दै उक्साएको आरोप लागेको छ ।

यद्यपि तल्लो सदनले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले एक सय दिनको कार्यकाल पूरा नगरेसम्म माथिल्लो सदनमा सिनेटमा केही कागजात भने पठाउने छैन ।

गत बुधबार ट्रम्पका समर्थकले राजधानी वासिङ्गटन डीसीस्थित संसद भवनभित्र प्रवेश गर्दा भएको झडपका क्रममा पाँच जनाको मृत्यु भएको थियो ।

यसअघि ट्रम्पमाथि डिसेम्बर २ हजार १९ मा सत्ताको दुरूपयोग लगायतको आरोपमा महाभियोग प्रस्ताव ल्याइए पनि माथिल्लो सदनबाट पारित हुन सकेको थिएन । अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले दुईपटक महाअभियोगको सामना गर्नु परेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *