विदेश

इण्डोनेसियामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स पत्ता लाग्यो

हिमालय टिभी
२०७७ पुष २६ गते १८:५८
इण्डोनेसियामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स पत्ता लाग्यो

२६ पुस, एजेन्सी । इण्डोनेसियामा दर्घटनाग्रस्ता यात्रुवाहक विमानको ब्ल्याक बक्स रहेको स्थान पत्ता लागेको छ ।

उडानको सम्पूर्ण सुचना कैद हुने ब्ल्याक बक्स रहेको स्थान पत्ता लागेसँगै त्यहाँको जलसेना खेजी कार्यमा लागेका छन् । यसअघि विमानको पार्टपुर्जा र त्यसमा सवार यात्रीको अंग फेला परेको थियो । हिजो राजधानी जाकार्ताबाट ६२ यात्रुसहित उडेको विमान केहीबेरमै सम्पर्कविहिन भएको थियो । दुर्घटनामा परेको विमान समुन्द्रको १० हजार फिट मुनि पुगेको अधिकारीहरुले बताएका छन् । त्यस्तै प्रत्यक्षदर्शीले विमान समुन्द्रमा खसेको देखेको बताएका छन् ।

विमान समुन्द्रमा खस्दा ठूलो विष्फोट भएको र त्यसले ठूलो छाल ल्याएको केही माझीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुले जहाज एकदमै तीव्र गतिमा समुन्द्रमा खसेको बताएका थिए । घटनास्थल वरपरको क्षेत्र नजिकैको टापुमा बस्ने मानिसले समेत विमानका केही टुक्रा फेला पारेको बताएका छन् । नेसनल सर्च एन्ड रेस्क्यु एजेन्सीका अधिकारीले समेत समुन्द्रमा विमानका केही भग्नावशेष भेटेको बताएका छन् । खोजी तथा उद्दारका लागि १० भन्दा बढि पानी जहाज खटाइएको छ । बेपत्ता श्रीविजया एयरको बोइङ सेभेन थ्री सेभेन विमान ९० मिनेटको घरेलु उडानका लागि जाकार्तादेखि पोन्टिएनक जाने क्रममा थियो । २६ वर्ष पुरानो विमान उडेको ४ मिनेटमै राडारबाट हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *