विदेश

हङ्कङका दर्जनौं प्रजातन्त्र समर्थक पक्रउ

हिमालय टिभी
२०७७ पुष २२ गते १३:०९
हङ्कङका दर्जनौं प्रजातन्त्र समर्थक पक्रउ

२२ पुस, काठमाडौं ।  हङ्कङले दर्जनौं संख्यामा प्रजातन्त्र समर्थक तथा राजनीतिज्ञहरु पक्रउ गरेको छ ।

हङ्कङको सरकार ढाल्न प्रयास गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको छ ।

पछिल्लो पटक लागु गरिएको सुरक्षा कानुनका आधारमा ५० भन्दा बढीलाई पक्राउ गरिएको हो । स्थानीय निर्वाचनअघि लोकप्रिय उम्मेद्वार पत्ता लगाउन गरेको अनौपचारिक मतदानमा संलग्न रहेका अभियन्ता जोस्वा वङ्सहित धेरै ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरुको घर र ल फर्ममा छापा मारेका थिए । त्यहाँको सिभिक पार्टीका तीन जना सदस्य, डेमोक्रेटिक पार्टीका सात जना, २१ जना जिल्ला काउन्सिलर, १३ उम्मेद्वार, एकजना अमेरिकी नागरिक र नागरिक अधिकार अधिवक्तालाई पक्राउ गरिएको हो ।

गत जुलाईमा उनीहरुले प्रारम्भिक मतदान गरेका थिए । जसमा ६ लाखभन्दा बढीले भोट दिएका थिए । तर, सेप्टेम्बरमा हुने तय भएको निर्वाचन कोरोना भाइरसको महामारी देखाउँदै स्थगित गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *