विदेश
कोरोना रोकथामका लागि बेलायतमा पुनः लकडाउन घोषणा
२०७७ पुष २१ गते ७:२८
२१ पुस २०७७ लण्डनं । कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा पुनः लकडाउनको घोषणा भएको छ ।
कोरोना संक्रमण थप बढेको भन्दै प्रधानमन्त्री बोरिस जोनसनले अहिलेसम्मकै कडा लकडाउन लागू गर्नु परेको बताए । अनुमति पाएका कामका लागि बाहेक घर बाहिर ननिस्कन प्रधानमन्त्री जोनसनले अपिल गरेका छन् ।
उनले अब आफूहरु कोरोनाविरुद्ध संघर्षको अन्तिम चरणमा प्रवेश गरेको समेत बताए । अब अत्यावश्यक काम, दैनिक शारीरिक अभ्यास, घरेलु हिंसा, कार्यालय तथा स्वास्थ्य सम्बन्धि कार्यका लागि मात्रै लागू मापदण्ड अपनाएर बाहिर निस्कन पाइनेछ ।
त्यस्तै बन्द भएका विद्यालय तथा कलेजको अनलाइन माध्यमबाटै पढाइ हुने छ । लकडाउन आगामी फेब्रुअरी महिनाको मध्यसम्म जारी रहने छ ।
नयाँ प्रकारको कोरोना भाइरससमेत देखा परेको बेलायतमा हवाई उडान बन्द छन् ।
प्रतिक्रिया