विदेश

भारतद्वारा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप निर्यातमा प्रतिबन्ध

हिमालय टिभी
२०७७ पुष २० गते ९:३४
भारतद्वारा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप निर्यातमा प्रतिबन्ध

२० पुस २०७७ नयाँ दिल्ली । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरद्धको खोप निर्यातमा रोक लगाएको छ।

सरकारले अक्सफोर्ड(एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिएसँगै त्यसको निर्यातमा रोक लगाएको हो । उक्त खोप भारतकै सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ ।

विश्वकै ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले सरकारद्वारा अहिले अन्य देशमा खोप निर्यात नगर्न निर्देशन दिएको जनाएको छ । आफ्ना देशका नागरिकलाई खोप लगाउन प्राथमिकता दिन निर्यात रोकिएको बताइएको छ ।

हिजो मात्रै भारत सरकारले कोरोनाविरुद्ध अक्सफोर्ड(एस्ट्राजेनेका र स्वदेशकै एक खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिएको थियो ।

दुई खोपले अनुमति पाएसँगै भारतमा विश्वकै ठूलो कोरोनाविरुद्ध खोप अभियान शुरु हुन लागेको बताइएको छ । त्यहाँ यही वर्षको जून महिनासम्म तीस करोड जनालाई खोप लगाउने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *