विश्वभर कोरोना संक्रमित हुनेको सङ्ख्या ८ करोड ४३ लाख नाघ्यो
१८ पुस २०७७ काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको सङ्ख्या ८ करोड ४३ लाख नाघेको छ ।
गत २४ घण्टामा विश्वभर थप ५ लाख ४९ हजार २ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना भाइरस संक्रमित हुनेको संख्या ८ करोड ४३ लाख ५६ हजार ९ सय ९९ पुगेको छ ।
वर्ल्डमिटर्सको तथ्याङ्कअनुसार गत २४ घण्टामा विश्वभर थप ९ हजार ३ सय ४० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १८ लाख ३४ हजार ५ सय १९ पुगेको छ ।
यस्तै हालसम्म विश्वभर कोरोना संक्रमित भएकामध्ये ५ करोड ९६ लाख २५ हजार ६ सय ४१ जना स्वस्थ भएका छन् । पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी १ लाख ६३ हजार २ सय ५२ जना रहेका छन् भने २ हजार ८५ जनाको मृत्यु भएको छ ।
यस्तै भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय ८७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया