विदेश

अमेरिकी कंग्रेसद्वारा रक्षा खर्चमाथि राष्ट्रपति ट्रम्पले लगाएको भिटो खारेज

हिमालय टिभी
२०७७ पुष १८ गते ८:०६
अमेरिकी कंग्रेसद्वारा रक्षा खर्चमाथि राष्ट्रपति ट्रम्पले लगाएको भिटो खारेज

१८ पुस २०७७ न्युयोर्क । अमेरिकी कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको रक्षा खर्चमाथिको भिटो खारेज गरेको छ ।

अमेरिकी सदनको बहुमतले रक्षा विधेयकमा राष्ट्रपति ट्रम्पले प्रयोग गरेको भिटो खारेज गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति ट्रम्पले सदनका दुबै सदनमा लामो छलफल अनि बहुमतले पारित सुरक्षा खर्च सम्बन्धी विधेयक रोक्न भिटो प्रयोग गरेका गरेका थिए । तर सदनले सो भिटो रद्द गर्न आफ्नो शक्ति प्रयोग गरेको हो ।

रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटले दुर्लभ सत्र बोलाउँदै रक्षा खर्चबारे छलफल गरेको थियो । सिनेटमा १३ काविरुद्ध ८१ मतले विधेयक पारित भएको थियो ।

डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले यसअघि नै भिटो रद्द गर्ने पक्षमा मतदान गरेको थियो । अब ७ सय ४० अरब डलर बराबरको विधेयक आगामी वर्षसम्म अमेरिकी रक्षा नीतिमा खर्च गरिने भएको छ ।

गत वर्षको डिसेम्बर महिनामा पारित विधेयकका केही प्रावधानमा असहमती जनाउँदै राष्ट्रपति ट्रम्पले विधेयक पास हुन नदिन भिटो प्रयोग गरेका थिए ।

अफगानिस्तान तथा युरोपबाट अमेरिकी सैनिक कति संख्यामा फिर्ता बोलाउन सकिने भनि तोकिएको सीमा र सैनिक बेसबाट कन्फेडेरेड नेतृत्वको नाम हटाउने व्यवस्थामा ट्रम्पले विरोध जनाएका थिए ।

ट्रम्पको चार वर्षे कार्यकालमा पहिलो पटक उनको भिटो खारेज भएको हो । सदनबाट पारित विधेयकलाई कानूनी दिन राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्ने हुन्छ ।

तर दुर्लभ अवस्थामा राष्ट्रपतिले भिटो प्रयोग गर्न वा अस्वीकार गर्न सक्छन् । राष्ट्रपतिले भिटो प्रयोग गरि रोकेको विधेयकलाई सदनले दुई तिहाई बहुमत मार्फत कानूनमा प्रमाणिकरण गर्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *