फैलियो विश्वभर कोरोनाको नयाँ प्रकारको भाइरस

१२ पुस २०७७ काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण युरोपलगायत विश्वभर नै देखिन थालेको छ ।
पहिलो पटक बेलायतमा पुष्टि भएको कोरोना भाइरसको नयाँ प्रजातिबाट विश्वका विभिन्न देशमा संक्रमित भेटिन थालेका हुन् । पछिल्लो समय यसको संक्रमण स्वीडेन र स्वीट्जरल्याण्डमा पनि देखिएको छ । बेलायतबाट फर्किएका नागरिकमा संक्रमण पुष्टि भएको जनाइएको छ ।
त्यस्तै क्यानाडा र जापानमा पनि संक्रमित फेला परिसकेका छन् । संक्रमित मानिस सबै बेलायतबाट आएको बताइएको छ । स्पेनको राजधानी म्याड्रिडमा पनि बेलायतबाट फर्किएका एक व्यक्तिका तीन जना नातेदारमा संक्रमण पुष्टि भएको छ ।
यसअघि शनिबार फ्रान्सले पनि बेलायत भ्रमणबाट फर्केका एक जनामा संक्रमण देखिएको जानकारी दिएको थियो ।
यसअघि डेनमार्क, जर्मनी, इटली, नेदरल्याण्ड र अष्ट्रेलियामा पनि कोरोनाको नयाँ प्रजातिबाट मानिस संक्रमित भएको पुष्टि भैसकेको छ । कोरोनाको संक्रमण निकै घातक मानिएको नयाँ प्रजाति बेलायतमा देखा परेपछि ५० भन्दा बढी देशले त्यहाँ यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।
नयाँ प्रकारको भाइरसको संक्रमण तीव्र भएपनि संक्रमित मानिसको अवस्था गम्भिर नहरेको स्वास्थ्य विज्ञहरुको भनाइ छ। नयाँ भाइरस तीव्र गतीमा फैलने र निकै संक्रामक रहेको विज्ञले बताउँदै आएका छन् ।
प्रतिक्रिया