विदेश
युगाण्डामा डुंगा दुर्घटना हुँदा कम्तिमा २६ जनाको मृत्यु
२०७७ पुष ११ गते १३:५०
११ पुस २०७७ युगाण्डा । युगाण्डामा डुंगा दुर्घटना हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।
युगाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमा क्षेत्रमा रहेको एक तालमा डुंगा दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अलवर्ट तालमा भएको दुर्घटनाग्रस्त डुंगामा ५० जना सवार रहेको जनाइएको छ । त्यस्तै २१ जनाको उद्धार गरिएको अधिकारीले बताएका छन् ।
तीव्र गतिको हावाका कारण डुंगा अनियन्त्रित भइ डुबेको स्थानीय अधिकारीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा परेका २१ जनालाई उद्धार गरिएको छ ।
प्रतिक्रिया