विदेश

एक महिनादेखि आन्दोलनरत किसान र सरकारबीच आज वार्ता हुने

हिमालय टिभी
२०७७ पुष ११ गते ९:४२
एक महिनादेखि आन्दोलनरत किसान र सरकारबीच आज वार्ता हुने

११ पुस २०७७ नयाँ दिल्ली । भारतमा जारी किसान आन्दोलनको एक महिना पूरा भएको छ ।

भारत सरकारले ल्याएको नयाँ कृषि कानूनलाई रद्द गर्नुपर्ने मागसहित किसानहरु आन्दोलनमा उत्रिएका हुन् । भारत सरकार र किसानबीच सहमति हुन नसक्दा किसानहरु अझै राजधानी दिल्लीको सीमा क्षेत्रमा धर्नामा बसेर आन्दोलन गरिरहेका छन् ।

यसैबीच, सरकार र किसानबीच आज पुनः वार्ता हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि पनि सरकार र किसानबीच ६ पटक वार्ता भइसकेको छ ।

तर, वार्ताबाट कुनै पनि निष्कर्ष निस्कन सकेन । भारतीय सञ्चार माध्यमहरुका अनुसार आजको वार्तालाई महत्त्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *