विदेश

द्वन्द्वग्रस्त इथियोपियामा संसदीय चुनाव घोषणा

हिमालय टिभी
२०७७ पुष ११ गते ८:०२
द्वन्द्वग्रस्त इथियोपियामा संसदीय चुनाव घोषणा

११ पुस २०७७ इथियोपिया । इथियोपियामा संसदीय चुनाव घोषणा भएको छ ।

द्वन्द्वग्रस्त देश इथियोपियामा आगामी जुन महिनामा संसदीय चुनाव गर्ने तयारी गरिएको हो । निर्वाचन आयोगले आगामी वर्षको जुन ५ तारिखमा निर्वाचनको मिति घोषणा गरेको छ ।

यसअघि सन् २ हजार २० मै निर्वाचन गर्ने तालिका भएपनि कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो ।

त्यस्तै देशका विभिन्न स्थानमा हिंसात्मक घटना र द्वन्द्व बढेका कारणले पनि चुनाव सरेको जनाइएको छ ।

इथियोपियामा गएको हप्तामै सशस्त्र झडपमा कम्तीमा एक सय जना मानिसको मृत्यु भएको राष्ट्रिय अधिकारवादी समूहले बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *