विदेश

बेलायतमा देखियो अर्को नयाँ प्रकारको कोरोना भाइरस, दक्षिण अफ्रिकाबाट आएको पुष्टि

हिमालय टिभी
२०७७ पुष ९ गते ६:५४
बेलायतमा देखियो अर्को नयाँ प्रकारको कोरोना भाइरस, दक्षिण अफ्रिकाबाट आएको पुष्टि

९ पुस २०७७ लण्डन । बेलायतमा अर्को नयाँ भेरियन्ट (प्रकार)को खतरनाक कोरोना भाइरस फेला परेको छ । यो अहिले देखिएको भन्दा खतरनाक रहेको बताइएको छ।

बेलायतका स्वास्थ्यमन्त्री मैट हैनकाँकले नयाँ प्रकारको भाइरस संक्रमणसम्बन्धी दुई वटा घटना देखिएको बताउनुभयो । कोरोना भाइरसको यो नयाँ प्रकार सबैभन्दा पहिला दक्षिण अफ्रिकामा फेला परेको हो ।

बेलायतमा फेला परेका संक्रमितले हालै दक्षिणअफ्रिका यात्रा गरेको पुष्टि भएको छ । मैट हैनकाँकका अनुसार दक्षिण अफ्रिकामा फेला परेको यो नयाँ प्रकारको भाइरस झनै तिब्रताका साथ फैलने र बढी न्युटेटेड भाइरस हो । उहाँले यो नयाँ भाइरसको विस्तार निकै नै चिन्ताजनक रहेको बताउनुभयो ।

पछिल्लो घटनासँगै दक्षिण अफ्रिका यात्रामा अहिलेका लागि प्रतिबन्ध लगाइएको छ। यसका साथै गत १५ दिनमा दक्षिण अफ्रिकाबाट फर्केका वा उनीहरुको सम्पर्कमा आएका नागरिकलाई तत्का क्वारन्टिन हुन निर्देशन दिइएको छ ।

कोरोना भाइरसको यो नयाँ प्रकार दक्षिण अफ्रिकामा पनि ठुलो चिन्ताको विषय बनेको छ। दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मिखाइजले नयाँ प्रकारको कोरोना भाइरसका कारण यु्वा र स्वस्थ नागरिक पनि नराम्रोसँग बिरामी परिरहेको बताउनुभयो ।

दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले नयाँ प्रकारको कोरोना भाइरस निकै तिब्रताका साथ फैलिरहेको बताएका छन् । देशका कयौं भाग यसबाट नराम्रोसँग प्रभावित बनेको उनीहरुको भनाइ छ।

यद्यपि यो नयाँ प्रकारको भाइरसका विषयमा अध्ययन भइरहेको छ । तर, अहिलेसम्म जति जानकारी प्राप्त भएको छ, त्यसअनुसार यो कयौं गुना तिब्रताका साथ फैलिरहेको छ।

दक्षिण अफ्रिकामा देखिएको नयाँ प्रकारको भाइरस बेलायतमा देखिएको भाइरससँग मिल्दोजुल्दो छ । यद्यपि यो दुवै अलगअलग विकसित भएको वैज्ञानिकहरुको भनाइ छ।

दुवै भाइरसमा एन५०१वाई नामको न्युटेशन भएको हो, जसले शरीरका कोशिकाहरुलाई प्रभावित गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *