विदेश

नवनिर्वाचित राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरुद्धको पहिलो डोज खोप

हिमालय टिभी
२०७७ पुष ७ गते ९:२३
नवनिर्वाचित राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरुद्धको पहिलो डोज खोप

७ पुस २०७७ न्युयोर्क । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर र बोयोनटेकको कोरोना खोपको पहिलो डोज लगाउनुभएको छ ।

बाइडेनले खोप लगाएको दृश्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । फाइजरको कोरोना खोप सुरक्षित भएको सन्देश अमेरिकी जनतालाई दिन आफूले पहिलो डोज लगाएको बाइडेनको भनाइ छ ।

उहाँले डेलावेयरको नेवार्कमा खोप लगाउनुभयो । बाइडेनले आफ्नी पत्नी जिल बाइडेनले पनि खोपको पहिलो डोज लिएको जानकारी दिनुभयो ।

नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एम्हाफले आगामी साता खोप लिने अपेक्षा गरिएको छ ।

यसअघि उपराष्ट्रपति माइक पेन्स र अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ की सभामुख नैन्सी पेलोसीले पनि खोपको पहिलो डोज लगाइसक्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *