विदेश

बेलायतमा देखियो नयाँ प्रकारको कोरोना भाइरस, बढ्यो अन्तर्राष्ट्रियस्तरमा चिन्ता

हिमालय टिभी
२०७७ पुष ७ गते ७:४८
बेलायतमा देखियो नयाँ प्रकारको कोरोना भाइरस, बढ्यो अन्तर्राष्ट्रियस्तरमा चिन्ता

७ पुस २०७७ लण्डन । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि अन्तर्राष्ट्रियस्तरमै चिन्ता थपिएको छ ।

भाइरसको नयाँ प्रकार भेटिएसँगै विश्वका विभिन्न देशले बेलायतमाथि यात्रा प्रतिबन्ध लगाउन थालेका छन् । अहिलेसम्म विश्वका ४० भन्दा बढी देशले बेलायत यात्रामा प्रतिबन्धको घोषणा गरिसकेका छन् ।

युरोपियन युनियनको बैठकले यसबारे साझा धारणा बनाउने निष्कर्ष निकाले पश्चात यात्रा प्रतिबन्ध घोषणा गर्ने देशको संख्या बढिरहेको छ। बेलायतमा यात्रा प्रतिबन्ध लगाउने देशको सूची बढ्दै जाँदा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यस जोखिमलाई प्राथमिकतामा राख्ने प्रयास गरेको छ ।

डब्ल्यूएचओ आपत्कालिन प्रमुख माइक रायनले नयाँ प्रकारको भाइरस कोरोना महामारी अन्तर्गत कै एक भाग भएको र यो नियन्त्रण बाहिर नगएको बताए ।

यसअघि बेलायतका स्वास्थ्य सचिव म्याट ह्यान्ककले नयाँ भाइरसको संक्रमण नियन्त्रण बाहिर गएको बताएका थिए । इयु अन्तर्गतका अधिकांश देशले बेलायतमाथि यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।

फ्रान्सले बेलायतबाट हुने हवाई तथा अन्य यात्रामा रोक लगाएको छ । यात्रा प्रतिबन्ध लगाइएपनि व्यापार ढुवानी सुचार गर्ने बारे प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनसँग छलफल गरिरहेको बताएका छन् ।

बेलायतमा पत्ता लागेको कोरोनाको नयाँ भाइरस पहिलाको भन्दा तीव्र गतिमा फैलने भएपनि धेरै घातक भने नरहेको विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *