विदेश

सौर्य मण्डलका दुई ठुला ग्रह बृहस्पति र शनि चार सय वर्षपछि नजिक हुँदै

हिमालय टिभी
२०७७ पुष ६ गते १७:२०
सौर्य मण्डलका दुई ठुला ग्रह बृहस्पति र शनि चार सय वर्षपछि नजिक हुँदै

६ पुस २०७७ काठमाडौं । सौर्य मण्डलका दुई ठूला ग्रहहरु बृहस्पति र शनि चार सय वर्षपछि पहिलो पटक नजिक देखिने भएको छ ।

दुई ग्रहलाई सोमबार राती आकाशमा निकै नजिक देखिने भएको हो । यसअघि यी दुई ग्रहहरु १७औं सताब्दीमा ग्यालिलियो जिउँदो हुँदा यति नजिक आएका थिए ।

खगोलविद्हरुका अनुसार सौर्यमण्डलमा यी दुई ग्रह प्रत्येक २० वर्षमा नजिक आउँछन् तर सँगै देखिने गरी आउन लागेको भने चारसय वर्षपछि पहिलो पटक हो ।

आकाश खुला भए सुर्यास्तको लगत्तै यो दृष्य सहजै देख्न सकिने बताइएको छ । साँझको समयमा दक्षिण पश्चिम दिशाको क्षितिजमा महत्वपूर्ण खगोलीय घटना देख्न सकिने खगोलविद्को भनाइ छ ।

बृहस्पति अर्थात जुपिटर केही ठूलो देखिनेछ । बृहस्पति भन्दा ७३ करोड किलोमिटर टाढा रहेको शनि अर्थात स्याटर्न भने मधुरो देखिनेछ । पृथ्वी र बृहस्पतिको दूरी भने ८९ किलोमिटर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *