मास्क नलगाउनु राष्ट्रपतिलाई महंगो प-यो, ३५ सय डलर जरिवाना

५ पुस २०७७ चिली । कोरोना भाइरस महामारीविरुद्ध लगाइएको प्रतिबन्ध तोडेका कारण चिलीका राष्ट्रपति सेबास्टियन मिन्येरामाथि ३ हजार ६ सय अमेरिकी डलर बराबरको जरिवाना गरिएको छ ।
यही महिनाको शुरुवातमा एक जना महिलाका साथ राष्ट्रपति मिन्येराको एउटा सेल्फी सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उक्त तस्वीरमा न त राष्ट्रपतिले मास्क लगाएका थिए न त महिलाले नै ।
तस्वीर भाइरल भएपछि राष्ट्रपतिले माफी मागेका थिए । काचागुआ शहरको समुद्रतटमा महिलाले सेल्फी लिन चाहेपछि उनले मास्क उतारेका थिए ।
कोरोना महामारीका कारण चिलीमा कडा प्रतिबन्ध लगाइएको छ। चिलीको सार्वजनिकस्थलमा मास्क लगाउनु अनिवार्य गरिएको छ। चिलीमा मास्क नलगाएको खण्डमा जरिवानाका साथसाथै जेल सजायको व्यवस्था पनि गरिएको छ ।
ल्याटिन अमेरिकी देशमध्ये चिली सबैभन्दा बढी कोरोना प्रभावित देश हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार चिलीमा ५८११३५ जना कोरोना संक्रमित छन् । अहिलेसम्म कोरोनाका कारण १६०५१ जनाको मृत्यु भइसकेको छ ।
Multan a Piñera en Chile con US$ 3500 por no usar tapabocas en la playa https://t.co/VpDOxq7kd6 pic.twitter.com/hIAXCqfTnP
— LA NACION (@LANACION) December 19, 2020
प्रतिक्रिया