विदेश
भारतले सर्जिकल स्ट्राइकको योजना बनाएको पाकिस्तानको आरोप
२०७७ पुष ४ गते ७:५६

४ पुस २०७७ इस्लामावाद । भारतले पाकिस्तानमाथि सर्जिकल स्ट्राइकको योजना बनाइरहेको पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले बताएका छन् ।
गुप्तचरको सूचनाका अनुसारले पाकिस्तानमाथि सर्जिकल स्ट्राइकको योजना भइरहेको विदेश मन्त्री कुरैशीले बताएका हुन् ।
युएईको आबुधाबीमा बोल्दै भारतको आन्तरिक अवस्था र भारत प्रशासित कश्मीरमा जनताको अवस्थासम्बन्धी ध्यान अन्यत्रै मोड्न भारतले सर्जिकल स्ट्राइकको योजना बनाइरहेको उनले दाबी गरे ।
भारतले यस्तो गरे त्यसको कडा प्रतिकार गर्ने उनले बताए । उनले यसबारे पाकिस्तानको मित्रराष्ट्रहरुलाई पनि सचेत रहन आग्रह गरिएको बताए ।
कोरोना संक्रमणका कारण भारतको अर्थव्यवस्थामाथि धेरै असर परेको उनको भनाइ छ । भारतले यसबारे केही प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया