अफगानिस्तानका पूर्वी प्रान्त गजनीमा विष्फोट, कम्तीमा १५ जना बालबालिकाको मृत्यु
४ पुस २०७७ काबुल । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा भएको विष्फोटमा कम्तीमा १५ जना बालबालिकाको मृत्यु भएको छ । घटनामा २० बढी घाइते भएका छन् ।
गजनीको जिलान जिल्लामा भएको विष्फोटको कारण स्पष्ट भइसकेको छैन । अधिकारीहरुले एउटा रिक्सामा राखिएको बम विष्फोट भएको बताएका छन् ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार बालबालिकाले रिक्सामा रहेको सामान पसलमा बेच्ने क्रममा विष्फोट भएको थियो । तालिवानले यो विष्फोट मात्र एउटा दुर्घटना भएको बताएको छ।
विष्फोट स्थानीय समयअनुसार दिउँसो २ बजे त्यतिबेला भयो जतिबेला नजिकैको घरमा केही बालबालिका मुसलमानको पवित्र पुस्ताक करान पढिरहेका थिए ।
तर गजनीका गभर्नरका प्रवक्ता वहीदुल्लाह जुमाजादाले समाचार एजेन्सी एपीलाई बताएअनुसार जब एक जना व्यक्ति स्वचालित रिक्सा गाउँ लैजाँदै थिए, उक्त रिक्सा बच्चाले घेरिएको थियो, तब विष्फोट भयो । उनका अनुसार मृत्यु हुनेको संख्या बढ्ने सम्भावना छ।
समाचार एजेन्सी एएफपीका अनुसार प्रहरी प्रवक्ता अहमद खानले विष्फोटका लागि तालिवान जिम्मेवार छ।
अफगानिस्तान सरकार र तालिवानबीच शान्ति वार्ता शुरु भएपछि अफगानिस्तामा हिंसात्मक घटना कम हुँदै गएको छ।
प्रतिक्रिया