विदेश

भारतमा कोरोना संक्रमितको सङ्ख्या साढे ९९ लाख ७७ हजार नाघ्यो

हिमालय टिभी
२०७७ पुष ३ गते ९:०९
भारतमा कोरोना संक्रमितको सङ्ख्या साढे ९९ लाख  ७७ हजार नाघ्यो

३ पुस २०७७ नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको सङ्ख्या साढे ९९ लाख ७७ हजार नाघेको छ ।

साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ६ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको सङ्ख्या ९९ लाख ७७ हजार ७ सय ६० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९५ लाख १९ हजार ९ सय २८ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ४४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ सय ४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ लाख ४४ हजार ८ सय २९ पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *