विदेश

ईयूसँग व्यापार सम्झौताको समय घर्किन लाग्योः बेलायत

हिमालय टिभी
२०७७ पुष ३ गते ७:२९
ईयूसँग व्यापार सम्झौताको समय घर्किन लाग्योः बेलायत

३ पुस २०७७ लण्डन । बेलायलते युरोपेली युनियनसँगको व्यापार सम्झौताका लागि समय घर्किन लागेको चेतावनी दिएको छ ।

ईइयुका ई–कमिशनका प्रमुख उर्सुला भोन डेर ल्येनसँगको कुराकानीपश्चात बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्सिट पछाडि व्यापार सम्झौतामा पुग्न वार्ता गम्भीर अवस्थामा रहेको बताएका छन्।

जोनसनले छोटो समयबीच ईयुको वर्तमान नियम र परिधिमा उल्लेखनीय रूपमा परिवर्तन नभएसम्म सम्झौताको दृश्य धेरै टाढा रहेको चेतावनी दिएका हुन् ।

ई–कमिशनका प्रमुख डेर ल्येनले भने ठूलो मतभेदलाई समाप्त गर्न धेरै चुनौतीपूर्ण हुने भएकाले आफुहरु तयारीमा लागेको बताएकी छन् । यद्यपि उनले धेरै मुद्दाहरुमा पर्याप्त प्रगति भएको दाबी गरेकी छन् ।

बेल्जियमको राजधानी ब्रसेल्समा आज पनि व्यापार सम्झौताबारे ईयु र बेलायतबीच वार्ता हुनेछ । बेलायतका मुख्य वार्ताकार डेभिड फ्रस्टले युरोपियन युनियनसँगको वार्ता गम्भीर अवस्थामा रहेको र आजको छलफलपछि थप रणनीति बनाइने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *