विदेश

क्रिसमस मनाउने क्रममा मास्क अनिवार्य लगाउन डब्ल्युएचओको आव्हान

हिमालय टिभी
२०७७ पुष २ गते ८:०४
क्रिसमस मनाउने क्रममा मास्क अनिवार्य लगाउन डब्ल्युएचओको आव्हान

२ पुस २०७७ काठमाडौं । क्रिसमस मनाउने क्रममा अनिवार्य मास्क लगाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आह्वान गरेको छ।

बिदा र चाडपर्व मनाउन सामान्य होसियार भए मात्रै पनि ठूलो समस्या र ठूलो क्षतिबाट जोगिन सक्ने भएकाले संवेदनशील हुन डब्लुएचओले अनुरोध गरेको हो ।

युरोपमा क्रिसमस मनाउनेको संख्या धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेषगरी युरोपमा मास्क लगाउन आह्वान गरेको हो । भविष्यको पुनःउत्थानलाई ध्यान दिँदै नयाँ वर्ष २ हजार २१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउन पनि डब्लुएचओको आग्रह छ ।

क्रिसमसका क्रममा हेलचक्रयाइँ गरे युरोपभर नै कोरोना महामारी अझै बढ्ने खतरा भएको तर्फ डब्लुएचओले चिन्ता व्यक्त गरेएको छ । नयाँ वर्ष सन् २ हजार २१ को पहिलो हप्ता र पहिलो महिना कोरोना महामारीको दृष्टिकोणले उच्च जोखिमको समय हुनसक्ने ब्लुएचओको भनाइ छ।

व्यक्ति व्यक्तिको सतर्कताले समुदायलाई सुरक्षित बनाउन सकिने भएकाले हरेकले सावधानी अपनाउनुपर्नेमा संगठनले जोड दिएको छ। सकेसम्म परिवार मात्रै सहभागी हुनेगरी घरभित्रै पर्व मनाउन र बाहिर जानै परे मास्कको लगाउन डब्लुएचओको अनुरोध गरेको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणको शुरुवातबारे अनुसन्धान गर्न डब्लूएचओको टोली चीनको वुहान जाने भएको छ । आगामी महिना १० जना वैज्ञानिक सम्मिलित टोली वुहान जाने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

वुहानमा कोरोना भाइरसको उत्पत्तिबारे अध्ययनका लागि डब्लूएचओ र चीनबीच छलफल हुँदै आएको थियो । अहिलेसम्मको अध्ययन अनुसार कोरोना भाइरस वुहान शहरबाट शुरु भएको मानिन्छ । तर यसबारे अमेरिका र चीनबीच विवाद रहँदै आएको छ । डब्लूएचओको टोली चारदेखि पाँच हप्तासम्म वुहानमा रहने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *