चिनियाँ यान चन्द्रमाबाट चट्टान र माटोको नमूना लिएर फर्कियो पृथ्वी
२ पुस २०७७ बेइजिङ । चीनको चाङ ई–५ यान चन्द्रमाको सतहबाट चट्टान र माटोको नमूना लिएर पृथ्वीमा फर्किएको छ ।
चाङ ई–५ यान स्थानीय समयअनुसार आज करिब डेढ बजे मंगोलियाको भित्री क्षेत्रमा उत्रेको हो । चाङ ई–५ लाई एउटा अन्तरिक्ष यानको माध्यमबाट २४ नोभेम्बरका दिन दक्षिणी चीनको वेनचाङ्ग स्टेशनबाट प्रक्षेपण गरिएको थियो ।
४० वर्षपछि यसप्रकारको अभियानमा चन्द्रमाको नमुना पृथ्वीमा ल्याउने प्रयास गरिएको हो । चाङ ई–५ ले झण्डै दुई किलो नमूना लिएर आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसअघि रुसको लुना–२४ मिशन सन् १९७६ मा चन्द्रमाको सतहमा उत्रिएको थियो । त्यतिबेला लुनाले आफूसँगै करिब २ सय ग्राम माटो लिएर पृथ्वीमा फकिएको थियो ।
यसअघि अमेरिकाको अपोलो अन्तरिक्ष यान चन्द्रमाको सतहबाट चट्टान र माटोको नमूना लिएर पृथ्वीमा फर्किएको थियो ।
प्रतिक्रिया