विदेश
कोरोना संक्रमणबाट प्रधानमन्त्री द्लामिनीको मृत्यु
२०७७ मंसिर २९ गते १७:३४

२९ मंसिर, २०७७, इस्वातिनी । अफ्रिकी राष्ट्र इस्वातिनीका प्रधानमन्त्री एम्ब्रोसे द्लामिनीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
चार साताअघि कोरोना संक्रमण पुष्टि भएर उपचारका लागि दक्षिण अफ्रिका लगिएका ५२ वर्षिय द्लामिनीको आज मृत्यु भएको इस्वातिनी सरकारले पुष्टि गरेको छ ।
इस्वातिनी दक्षिण अफ्रिकाबाट पूर्वमा रहेको भुपरिवेष्टित देश हो । यसअघि स्वाजिल्याण्ड भनिने यो देशमा राजतन्त्रात्मक शासन व्यवस्था छ । त्यहाँका राजा एमस्वातीले प्रधानमन्त्री लगायत मन्त्रीमण्डल चुन्ने गरेका छन ।
करिब १० लाख जनसंख्या रहेको इस्वातिनीमा करिब सात हजार कोरोना संक्रमित छन् । जसमध्ये एक सय २७ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया