अमेरिकामा भोलिदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने

२८ मंसिर, २०७७ न्युयोर्क । अमेरिकामा भोलिदेखि कोरोना भाइरसविरुद्ध खोप लगाउने अभियान सञ्चालन हुने भएको छ।
फाइजर–बायोएनटेकले विकास गरेको खोपलाई खोप नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले शुक्रबार स्वीकृति दिएपछि अमेरिकामा खोप लगाउन थालिने भएको हो ।
आपत्कालिन खोप अभियान अन्तर्गत प्रत्येक राज्यमा तीस लाख डोज पठाइने स्वास्थ्य अधिकारीले बताएका छन् । फाइजर(बायोएनटेकले विकास गरेको खोप कोरोनाविरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ ।
अमेरिकी अधिकारीले खोप सबै राज्यमा सुरक्षित रूपमा पुर्याइने बताएका छन् । अमेरिकामा कोरोनाबाटसबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ६५ लाख २८ हजार नाघेको छ ।
त्यस्तै त्यहाँ अहिलेसम्म ३ लाख ५ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया