विदेश

राष्ट्रपति ट्रम्पलाई अर्को झट्का, चुनावी नतिजा उल्ट्याउन माग गरिएको मुद्दा खारेज

हिमालय टिभी
२०७७ मंसिर २७ गते ७:२०
राष्ट्रपति ट्रम्पलाई अर्को झट्का, चुनावी नतिजा उल्ट्याउन माग गरिएको मुद्दा खारेज

२७ मंसिर, २०७७ न्युयोर्क । राष्ट्रपति निर्वाचनमा पराजित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नतिजा आफ्नो पक्षमा पार्ने प्रयासमा अर्को गम्भीर धक्का लागेको छ ।

पछिल्लो पटक राष्ट्रपति ट्रम्पको समर्थनमा टेक्सास राज्यले दायर गरेको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको हो ।

टेक्सासका महान्यायाधीवक्ताले गत नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपति चुनावमा जो बाइडेन विजयी भएका चार प्रमुख राज्य जर्जिया, मिसिगन, पेन्सिलभेनिया र विस्किन्सनको नतिजा अवैध गर्न माग गरी सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

सर्वोच्चले संक्षिप्त आदेशमार्फत उक्त माग खारेज गरेको हो । मुद्दामा १९ राज्यका महान्यायाधीवक्ता र १ सय २७ रिपब्लिकन सांसदले समर्थन गरेका थिए । तर टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानूनी अधिकार नरहेको सर्वोच्चको भनाइ छ।

यससँगै राष्ट्रपतिमा पराजित भएको चुनावको नतिजा उल्ट्याउने प्रयासमा ट्रम्प असफल भएका छन् । गएको मंगलबार मात्रै सर्वोच्चले ट्रम्पको चुनावी अभियान तथा रिपब्लिकनहरुले पेन्सिलभेनियामा बाइडेनको जितलाई आधिकारिकता प्रदान नगर्न माग गरी दायर गरेको मुद्दा खारेज गरेको थियो ।

उनले लगातार बिना कुनै प्रमाण र निर्वाचन सुरक्षा तथा अनुगमन अधिकारीको प्रमाणयुक्त भनाइ विपरित चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *