विदेश

इजरायल र मोरक्को पूर्ण राजनीतिक सम्बन्ध कायम गर्न तयार

हिमालय टिभी
२०७७ मंसिर २६ गते १०:०७
इजरायल र मोरक्को पूर्ण राजनीतिक सम्बन्ध कायम गर्न तयार

२६ मंसिर, २०७७ न्युयोर्क । इजरायल र मोरक्को पूर्ण राजनीतिक सम्बन्ध स्थापनाका लागि तयार भएका छन् ।

इजरायल र मोरक्कोले पूर्ण राजनीतिक सम्बन्ध स्थापना गर्न तयार भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका हुन् । मोरक्को गएको अगष्ट महिना इजरायलसँग सम्झौता गर्ने चौथो राष्ट्र हो ।

यसअघि स‌ंयुक्त अरब इमिरेट्स, बहराइन र सुडानले इजरायलसँग सम्झौता गरिसकेका छन् । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै यसलाई एक अर्को ऐतिहासिक दिन भएको बताए ।

मध्य पूर्वमा शान्ति स्थापनाका लागि इजरायल र मोरक्कोबीचको सम्झौता एउटा ठूलो कदम भएको ट्रम्पको भनाइ छ । सहमति अन्तर्गत अब विवादित पश्चिमी सहारा क्षेत्रमाथि मोरक्कोको दाबीलाई अमेरिकाले मान्यता दिएको छ ।

यो मोरक्को र अल्जेरिया समर्थित पोलिसारियो फ्रन्टबीचको विवादित क्षेत्र हो जसले एक स्वतन्त्र राज्य स्थापनाको माग गर्दै आएको छ । सम्झौता पश्चात मोरक्को र इजरायलबीच राजनीतिक सम्बन्ध स्थापित हुनुका साथै क्षेत्रिय स्थिरता अघि बढाउन आर्थिक र सांस्कृतिक सहयोग बिस्तार हुनेछ ।

त्यस्तै सन् २ हजार २ यता बन्द तेल अभिभ र रबातमा सम्पर्क कार्यालय लगायत दूतावास पुनस् खोलिनुका साथै र दुई देशबीच सीधा हवाई उडान शुरु हुनेछ ।

सम्झौतालाई इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले ऐतिहासिक भन्दै मोरक्कोका राजा छैठौंलाई धन्यवाद दिए । मोरक्कोले पनि सम्झौता भएको पुष्टि गर्दै यसको स्वागत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *