बाइडेनका छोरा हन्टर करका विषयमा अनुसन्धानको दायरामा

२५ मंसिर, २०७७ न्युयोर्क । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि करका विषयमा अनुसन्धान भइरहेको खुलासा भएको छ ।
हन्टर बाइडेनले यसबारे वक्तव्य जारी गर्दै आफ्नो कर गतिविधिबारे छानबिन गरिरहेको औपचारिक जानकारी दिएका हुन् । उनको कर सम्बन्धि अनुसन्धान डेलवर राज्यका संघीय अधिकारीहरुले गरिरहेका छन् ।
उनले आफूमाथि भइरहेको अनुसन्धानलाई गम्भीर रुपमा लिएको र अनुसन्धानले आफ्ना गतिविधि कानूनी रुपमै सही साबित गर्ने दाबी गरेका छन् । तर अनुसन्धानबारे थप विवरण भने सार्वजनिक गरेनन् ।
उता बाइडेन–ह्यारिस संक्रमणकालीन टोलीले बाइडेनलाई आफ्ना पुत्रप्रति गौरवान्वित रहेको उल्लेख गरेको छ । गम्भीर र तथ्यहिन व्यक्तिगत आक्रमण सहँदै हन्टर थप बलियो बनेको वक्तव्यमा उल्लेख छ ।
बाइडेनका ५० वर्षे छोरा हन्टरमाथि रिपब्लिकनहरुले राष्ट्रपति चुनावको क्रममा लगातार आक्रमण गर्ने गरेका थिए । युक्रेन र चीनसँगको उनको व्यवसायिक सम्बन्धलाई लिएर रिपब्लिकनले निशाना बनाउने गरेका छन् ।
प्रतिक्रिया