विदेश

भारतमा जारी किसान आन्दोलन झनै चर्कियो

हिमालय टिभी
२०७७ मंसिर २५ गते ७:५९
भारतमा जारी किसान आन्दोलन झनै चर्कियो

२५ मंसिर, २०७७ नयाँ दिल्ली । भारतमा जारी किसान आन्दोलन थप चर्किने भएको छ।

केन्द्र सरकारले पठाएको लिखित प्रस्तावप्रति असहमति जनाउँदै किसान नेताले थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

गएराति पत्रकार सम्मेलन गर्दै किसान नेताले केन्द्र सरकारले ल्याएका नयाँ कृषिसम्बन्धी तीन कानून फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताए ।

मंगलबार राति गृहमन्त्री अमित शाह र किसान नेताबीच भएको छलफल बिना निष्कर्ष सकिएको थियो । सरकारले कानून फिर्ता नलिने तर केही संशोधन गर्ने भन्दै किसानलाई लिखित प्रस्ताव पठाउने निर्णय गरेको थियो ।

गृहमन्त्रीसँगको भेटपछि किसान नेताले सरकारले लिखित प्रस्ताव पठाएमा छलफल गर्न सकिने बताएका थिए । त्यसपछि सरकारी प्रस्तावमाथि छलफल गरेका किसानले प्रस्ताव खारेज गर्दै थप सशक्त आन्दोलनको घोषणा गरे ।

आन्दोलन कार्यक्रम अनुसार आउने १२ तारिखमा दिल्ली(जयपुर राजमार्ग, दिल्ली आगरा एक्सप्रेस वे बन्द गरिनेछ । यसैगरी भारतीय जनता पार्टीबाट मन्त्री बनेका सबैलाई घेराउ र बहिष्कार गरिनेछ बताइएको छ ।

त्यस्तै १४ तारिखका पञ्जाब, हरियाणा, उत्तर प्रदेश, राजस्थान र मध्य प्रदेशमा धर्ना दिइने किसानले बताएका छन् । केन्द्र सरकारले ल्याएको नयाँ कृषि कानूनको विरोध गर्दै किसान १५ दिनदेखि आन्दोलनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *