विदेश

ईयूसँगको व्यापार वार्ता तत्कालका लागि कठिनः प्रधानमन्त्री जोनसन

हिमालय टिभी
२०७७ मंसिर २४ गते ७:५१
ईयूसँगको व्यापार वार्ता तत्कालका लागि कठिनः प्रधानमन्त्री जोनसन

२४ मंसिर, २०७७ लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि कठिन भएको बताउनु भएको छ ।

ब्रुसेल्स भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता निकै कठिन भएको बताउनु भएको हो ।

ईयूसँगको व्यापार सम्झौताका लागि भएको छलफलको निष्कर्षका लागि प्रधानमन्त्री जोनसनले ब्रुसेल्स भ्रमण गर्दै छन् । जोनसनले अब आउने दुई दिनमा छलफलबारे आँकलन हुने बताउनु भयो ।

उनले बेलायत सरकार राजनीतिक वा अन्य कुनै पनि तहमा छलफललाई अघि बढाउन इच्छुक रहेको समेत बताउनु भएको छ ।

यसैबीच युरोपेली संघका प्रमुख वार्ताकार मिसेल बार्नियरले बेलायतसँगको व्यापार वार्तामा ईयू एकताबद्ध हुने र कुनै अनावश्यक त्याग गर्न नसकिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *