विदेश

अष्ट्रेलियाको फ्रासर टापुमा भीषण डढेलो, स्थानीयलाई अन्यत्र सर्न निर्देशन

हिमालय टिभी
२०७७ मंसिर २२ गते १७:४९
अष्ट्रेलियाको फ्रासर टापुमा भीषण डढेलो, स्थानीयलाई अन्यत्र सर्न निर्देशन

२२ मंसिर, २०७७ अष्ट्रेलिया । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा रहेको फ्रासर टापुमा डढेलो लागेपछि त्यहाँका बासिन्दालाई अन्यत्र सर्न भनिएको छ ।

अष्ट्रेलियाको प्रमुख पर्यटकीय क्षेत्र समेत रहेको सो टापुमा पछिल्लो डेढ महिनादेखि डढेलो लागेको छ । अवैध क्याम्प फायर गरेका कारण डढेलो सुरु भएको बताइएको छ । ८३ हजार हेक्टर क्षेत्रफल रहेको सो टापुको आधाभन्दा बढी क्षेत्रमा डँढेलो फैलिएको छ ।

विश्वको सबैभन्दा ठूलो बलौटे टापु विश्व सम्पदा सुचिमा सुचिकृत छ । त्यहाँ दुई सयभन्दा पनि कम मानिसहरु बसोबास गर्दै आएका छन् । केही मानिसहरु यसअघि नै अन्यत्र स्थानान्तरण भइसकेका छन् ।

डढेलो नियन्त्रणको प्रयास भइरहेको छ । अघिल्लो वर्ष अष्ट्रेलियामा भएको भीषण डढेलोका कारण अरवौंको धनमाल र जीवजन्तु डढेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *